काठमाडौंका विभिन्न ठाउँमा आज पनि बत्ती जाने

काठमाडौंका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्लाफाँट, जरङ्खु, काभ्रेस्थली, देवीस्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगमफाँटलगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा बिजुली जाने भएको हो ।



तोकिएको समय अगावै काम सकिएमा दिउँसो १२ बजेअघि नै विद्युतको लाइन जोडिने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार