नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दबाब दिने अभिव्यक्ति दिएको आरोप लगाएको छ। पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभामा अदालतलाई दबाब दिने अभिव्यक्ति दिएको आरोप गएका हुन्।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे सामाजिक संजालमा लेख्दै प्रवक्ता शर्माले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने बताए। अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदिय गरिमा विपरित रहेको औंल्याए।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सकिए पछि शनिबार विराटनगर सभामा बोल्दै सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूभन्दा बाहिर गए आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
