निर्मला पन्तका हत्यारा कानुनको पञ्जा नजिक आइसकेका छन् : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तका हत्यारा र बलात्कारी कानुनको पञ्जाको नजिक आइसकेको दाबी गरेका छन्। उनले निर्मलाका हत्यारा र बलात्कारीलाई कानुनको कठघरामा उभ्याउने प्रतिबद्धतासमेत व्यक्त गरे।

नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली पक्षले विराटनगरमा आयोजना गरेको सभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘निर्मलाका हत्यारा र बलात्कारी पनि अब हाम्रो कानुनको पञ्जाको नजिक आइसकेको छ। त्यसलाई पनि कानुनको कठघरामा उभ्याउने छौँ।’



२०७५ साउन ११ गते कञ्चनपुरकी निर्मलाको शव महेन्द्रनगरको एक उखुबारीमा फेला परेको थियो। बलात्कारपछि पन्तको हत्या भएको अनुसन्धानले देखाएपनि प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गरी कारबाही चलाउन सकेको छैन।

सम्बन्धित समाचार