म्यानमारमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु, २० बढी घाइते

म्यानमारमा सैन्य कू विरोधमा भएको पछिल्लो प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो दुई साता यताकै खराब हिंसात्मक प्रदर्शनका क्रममा म्यानडेले शहरमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको हो । कम्तिमा २० जना घाइते भएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अत्याधिक बल प्रयोग गरेको थियो । सैन्य अधिकारीहरुले फेब्रुअरी १ को कु पछि प्रहरीको गोली लागि पहिलो पटक प्रदर्शनकारीको मृत्यु भएको जनाएका छन् ।



आङ साङ सूचीको निर्वाचित सरकारलाई अपदस्थ गरि सेनाले सत्ता हत्याएपछि म्यानमारमा लगातार विरोध प्रदर्शनहरु भैरहेका छन् । प्रदर्शनकारीहरुले घरमै नजरबन्दमा रहेकी नेतृ सूचीलगायत पक्राउ परेका अन्य नेताहरुको रिहाइको माग गर्दै नागरिक सरकार पूर्नवाहालीको माग गरेका छन् ।

सम्बन्धित समाचार