नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।
सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा मिति २०७७ फाल्गुन ९ गते आइतवार भर्चुवलमाध्यमबाट सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रु चौसठ्ठी करोड दुई लाख एकहत्तर हजार एक सय त्रिहतर रुपैया बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२% का दरले हुन आउने रु. तीन करोड छत्तीस लाख अन्ठानब्बे हजार चार सय बयासी रुपैया नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतिले स्वीकृत प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने-गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने-हुने वा स्वदेशी-विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाई निरन्तर रूपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि बैंकले जनाएको छ ।