कांग्रेसले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्छ : सिटौला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा टेबुल भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् । आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले पार्टीले देशभर वर्तमान सरकारविरुद्धमा आन्दोलन गरिरहेको प्रदेश १ मा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएका हुन् ।

‘कांग्रेसले ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक कदमविरुद्ध दशौं लाख कार्यकर्ता सडकमा उतारेको छ,’ उनले भने, ‘अब ओलीकै नेतृत्वको कम्युनिस्ट पार्टीलाई सहयोग गरेर जाने कुरा हुँदैन । कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्छ ।’



सत्तापक्षको विरोध र बहिष्कारकाबीच प्रदेश १ मा आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ । ओली नेतृत्वको सरकारले राज्य आतंक सुरु गरेको आरोप लगाउँदै सिटौलाले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्छु भन्नु राज्य आतंकको नमूना भएको बताए ।

सम्बन्धित समाचार