नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।

सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बताए।
नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकीको भवन आइतबार शिलान्यास गर्दै मन्त्री त्रिपाठीले फागुन २३ गतेदेखि खोप केन्द्रहरुमार्फत कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिँदै ६० वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गरेका छन्।
उनले १० लाख खोप डोज नेपाल भित्रिएको पनि बताए। मन्त्री त्रिपाठीले कतिपय विकसित देशले समेत पैसा तिरेर पनि कोरोना खोप पाउन नसकिरहेको उल्लेख गर्दै आफूहरुको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको बताए।
‘कोरोना खोप अब स्वास्थ्य सामग्रीका रुपमा मात्र नभई राजनीतिक सामग्रीका रुपमा विश्वव्यापी भएको छ’, उनले भने।
