ट्युमर आशंकाले भारत गएका भट्टराईको स्वास्थ्य परीक्षण आज

न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंकाले उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको आजस्वास्थ्य परीक्षण गरिने भएको छ।

साथमै रहेका पार्टीका केन्द्रीय सदस्य एवं प्रेस सल्लाहकार विश्वदीप पाण्डेले दिएको जानकारीअनुसार नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा डा. भट्टराईको स्वास्थ्य जाँच हुने भएको हो।



आज दिउँसो साढे १ बजे डा. प्रोफेसर विक्रम भाटियाले डा. भट्टराईको स्वास्थ्य परीक्षण गर्ने उनले बताए। ‘स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात् मात्रै रोगको निर्क्योलका साथै उपचारबारे टुंगो लाग्नेछ,’ पाण्डेले भने।

सम्बन्धित समाचार