नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले भागवण्डाका आधारमा जिल्ला नेतृत्व टुंगाएको हो।
प्रतिनिधिसभा विघटन भएसँगै विभाजित भएको नेकपाको संस्थापन समूहले पार्टी एकताका बाँकी काम टुंगो लगाउन नयाँ मापदण्ड बनाएको थियो। नयाँ मापदण्डअनुसार प्रचण्ड(नेपाल ९संस्थापन समूह०ले जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो। नेकपाले बराबरी हैसियतमा संगठनात्मक एकताको काम टुंगो लगाउने गरी मापदण्ड निर्धारण गरेको थियो।
भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ। इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव हुने गरी पदाधिकारी हुने भएका छन्।
गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन। उपत्यकामा भक्तपुरको नेतृत्व टुंगिन सकेको छैन।
कुन जिल्लामा को ?

