मन्त्रिपरिषद्को आकिस्मक बैठक बस्दै, विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने तयारी

प्रधानमन्त्री केपी ओलीले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फिर्ता गर्ने तयारी गरिरहेको छ । बैठकमा सोही विषयमा छलफल हुने र अन्य नियमित एजेण्डामा पनि छलफल हुने ती मन्त्रीले बताए ।



उनले भने, आजको बैठकमा विप्लवमाथिको प्रतिवन्ध फुकुवा र अन्य नियमित एजेण्डामा छलफल हुनेछ, प्रतिवन्ध फुकुवा आजबाटै या पछि हुने भन्ने चाहिँ एकिन छैन ।

सम्बन्धित समाचार