डा. बाबुराम भट्टराई अस्पताल भर्ना, के भएको छ उनलाई ?

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार बिहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।



पाण्डेका अनुसार आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ । भट्टराई केही दिनअघि पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली गएका थिए ।

उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली गएका हुन् ।

सम्बन्धित समाचार