नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
पदाधिकारी बैठक बिहीबार अपरान्ह ३ बजे केन्द्रिय समितिको कार्यालय सानेपामा बस्नेछ । बैठकमा बैठकमा प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कांग्रेसले जनाएको छ ।
आजको भेटमा प्रचण्ड नेपालले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको बताइन्छ । उनीहरुले देउवालाई महत्वपूर्ण मन्त्रालयसहित कांग्रेसलाई सरकारमा सहभागि गराउन आग्रह गरेको बुझिएको छ । ओलीको समर्थनमा प्रधानमन्त्री नै बन्ने सोचेको भए आफूहरु पनि प्रधानमन्त्री पद कांग्रेसलाई दिन तयार रहेको उनीहरुले देउवालाई बताएका थिए ।
