विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या बराबर

शिक्षकको अभावमा विद्यालयमा पठनपाठन नहुँदा समस्या हुने गरेको कुरा त बाक्लै सुनिन्छ , तर शिक्षक र बिद्यार्थी बरावर भएको कुरा सुन्दाआश्चर्य लाग्न सक्छ । यस्तै आश्चर्य लाग्ने गरी शिक्षकको संख्या र विद्यार्थीको संख्या बरावर भएको विद्यालयमा विद्यार्थी पढाएर बसेका छन् रामेछापको एक विद्यालयका शिक्षक( शिक्षिकाहरु ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको ककनी आधारभूत विद्यालयमा यहाँका ३ जना शिक्षकले ३ जनाविद्यार्थी पढाइ रहेकाछन् । ०५१ सालमा स्थापना भएको यस विद्यालयमा सोमबार विद्यालय समयमाजम्मा ३ जना विद्यार्थीलाई एउटै कोठामा राखेर ३ जना शिक्षकले पढाइरहेका छन् ।



विद्यार्थी थोरै भएकै कारण ८ कक्षासम्म चलेको यो विद्यालयमा अहिले कक्षा ५ सम्म मात्र पढाइ हुने गरेको छ । विद्यालयमा पढ्ने विद्यार्थीको संख्या १५ भन्दा बढी रहेको त्यहाँ कार्यरत शिक्षकहरुको दावी भएपनि मंगलबार १० बजेपछि पत्रकारको समुह त्यहाँ पुग्दा जम्मा ३ जना विद्यार्थीलाई शिक्षकहरुले पढाइरहेका थिए ।

३ जना शिक्षकको दरबन्दि रहेको उक्त विद्यालय आसपासका विद्यार्थीहरु पनि अहिले अन्य स्कुलमा पढ्न गएकाले विद्यालयमाआउने वालवालिकाको संख्या निकै कम भएको विद्यालयमा कार्यरत शिक्षिकाहरु बताउछन् । गाउँलेहरुले २६ बर्ष अगाडि निकै मिहनेत गरेर स्थापना गरेको स्कुलको अबस्था देख्दा दुःखलाग्ने गरेको स्थानीय अभिभावक धनबहादुर खड्का बताउछन् ।

सम्बन्धित समाचार