कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, आकस्मिक अपरेसनको तयारी

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । विहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

शुक्रबार बिहान उनलाई वीरबाट नर्भिक अस्पताल पुऱ्याइएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए । अहिले उनको आकस्मिक अपरेसनको तयारी गरिएको पनि सहयोगी पाण्डेले बताए ।



अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित समाचार