अघि बढे केपी ओली, देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ । प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ ।

संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गरेको बताए ।



‘संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गर्नुभएको छ,’ उनले भने । ओलीले नेकपा विवाद वार कि पार बनाउने योजनाको साथ प्रमुख सचेतक फेरेको बुझ्न सकिन्छ ।

सम्बन्धित समाचार