नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।

प्रधानमन्त्री केपी ओलीले आफू निकट सांसदहरूसँग आफूले पदबाट राजीनामा नदिने बताएका छन्। संसद पुनर्स्थापना भएको र अझै २ वर्षसम्म आफू नै प्रधानमन्त्री हुने भन्दै ढुक्क रहन उनले आग्रह गरेका हुन् । प्रदेश-१ का सांसदसँग ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने विषय कल्पना समेत नगर्न आग्रह गरेको भेटमा सहभागी सांसद किसान श्रेष्ठले बताए।
‘अझै दुई वर्ष मैले नै सरकार चलाउने हो। स्थायी सरकार हो। बिचमै राजीनामा दिएर छोड्न मिल्दैन। राजीनामा दिने कल्पना नै नगर्नुस्’ प्रधामन्त्रीको भनाइ उदृत् गर्दै श्रेष्ठले भने । आफ्नो पक्षमा १ सय २० सांसद पुग्ने ओली पक्षको दाबी छ।
ओलीलाई भेट्न गएका प्राय सांसदहरुले पार्टी एकता कायम गरेर जान सुझाव दिएको श्रेष्ठले बताए। माया ज्ञवालीले यसअघि प्रचण्ड-माधव पक्षबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी भएपनि शुक्रबार ओली पक्षतिर लागेकी छिन्।
