खशोग्जीको हत्या युवराज मोहम्मदको आदेशमा भएको अमेरिकी गुप्तचर संस्थाको रिपोर्ट साउदी सरकारद्वारा अस्वीकार

पत्रकार जमाल खशोग्जीको हत्याबारे अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्टलाई साउदी सरकारले अस्वीकार गरेको छ । यसअघि अमेरिकी गुप्तचर संस्थाले पत्रकार खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदको आदेशमा भएको निष्कर्ष निकालेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गरेलगत्तै साउदी सरकारले साउदी युवराजको अपमान हुने ढंगले रिपोर्ट सार्वजनिक भएको र यसलाई स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको हो ।



साउदी सरकारको विदेश मन्त्रालयले अमेरिकी गुप्तचर निकायले नक्कली रिपोर्ट तयार पारेर सार्वजनिक गरेकोसमेत आरोप लगाएको छ । अमेरिका र साउदी अरबबीच झण्डै ८ दशक वर्षदेखिको मजबुत सम्बन्ध रहेको भन्दै साउदी सरकारका विदेश मन्त्रालयले अमेरिकाको यो रिपोर्टले साउदी अरबको स्वतन्त्र न्यायिक व्यवस्थामा नै असर पर्ने भएकाले यसलाई खारेज गरिने जनाएको छ ।

पत्रकार खशोग्जीको सन् १०१८ को अक्टोबर २० मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको अवस्थामा फेला परेको थियो । खशोग्जी केही व्यक्तिगत कागजात लिन दूतावास गएका थिए । पत्रकार खशोग्जी साउदी सरकारको आलोचकको रुपमा रहेका थिए ।

खशोग्जी हत्या प्रकरणमा साउदीको एक अदालते पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर, गएको वर्ष अदालतले निर्णय परिवर्तन गर्दै उनीहरुलाई २० वर्ष कैद गर्ने फैसला गरेको थियो ।

सम्बन्धित समाचार