नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य रु ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो ।
यस्तै चाँदी आज तोलामा रु १० ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।