मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । केही बेरपछि बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णय लिनसक्ने एक मन्त्रीले जनकारी दिए ।

बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवाको निर्णय लिनसक्ने ती मन्त्रीले बताए । ‘अन्य केही महत्त्वपूर्ण प्रस्ताव र एजेण्डा पनि छन्, त्यसबारे पनि निर्णय हुन सक्छ’, ती मन्त्रीले भने ।



११ फागुनमा राष्ट्रिय सुरक्षा परिषद् बैठकमा पनि विप्लव समूहको नेकपामाथि दुई वर्षदेखि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र विषयमा छलफल भएको थियो । हिजो झापा पुगेर प्रधानमन्त्री ओलीले विप्लवलाई मूलधारमा ल्याउने बताएका थिए ।

सम्बन्धित समाचार