विप्लव नेकपासँग पहिलो चरणको वार्ता सम्पन्न, यी हुन् विप्लवले अघि सारेका तीन शर्त

सरकारद्वारा गठित वार्ता टोली र नेकपा विप्लव समूहको वार्ता टोलीबीच आज बिहान पहिलो चरणको वार्ता सम्पन्न भएको छ । सो कुराको जानकारी सरकारी वर्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत गराएका छन्

उनले वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिए । वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो । त्यसैगरी पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने विप्लव नेकपाको सर्त रहेको छ ।



सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै वार्ता टोली गठन गरेको थियो ।

सम्बन्धित समाचार