सांसदलाई आजबाट कोरोनाविरूद्धको खोप, सभामुख सापकोटाले पनि लगाए

सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा सापकोटाले खोप लगाएका हुन् ।

सरकारले आजदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई खोप लगाउने व्यवस्था गरेको छ । संसद सचिवालयले खोप लगाउने १ हजार ५०० जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो ।



सोही विवरणका आधारमा मन्त्रालयले सांसद र कर्मचारीहरुलाई आज बुधबारदेखि शुक्रबारसम्म खोप लगाउने व्यवस्था मिलाएको छ।

सम्बन्धित समाचार