कति जना उपस्थित भए प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ?

नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा २ सय ८० जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन्। नेकपाका कुल ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये २ सय ८० जनाले हस्ताक्षर गरेका हुन्। यो बहुमत संख्या हो।

उक्त समूहका १२ जना केन्द्रीय समस्य काठमाडौं उपत्यका बाहिर रहेकोले भोलि मात्रै हस्ताक्षर गर्ने बताइएको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका हुन्।



बैठकले पार्टी अनुशासन विपरितको काम गरेको भन्दै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई ६ महिनाका लागि पार्टीबाट निलम्बित गरेको छ। बैठकले नेम्वाङलाई तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन पनि निर्देशन दिएको छ।

यस्तै बैठकले नेम्वाङका साथै शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, सूर्य थापा, प्रभु शाह र कर्ण थापालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार