‘केपी ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले दिँदैन’

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिने बताएका छन् । प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा पौडेलले केपी ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेको भन्दै उनलाइ समर्थन गर्न कांग्रसको नैतिकताले नदिने बताएका हुन् ।

यतिखेरको राजनीतिमा केपी ओली बाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई पार गराउनु पर्ने बताए । उनले भने ‘कांग्रेस आफैँ मात्र हुनुपर्छ भन्ने पनि छैन । यदी यस्तो भयो भने कांग्रेस अरुको खेलौँना भएर भुमिका विहिन हुन सक्छ । अहिलेको देशको संकट अरुलाई साथ दिएर पनि पार लगाउन सकिन्छ । त्यसको लागि प्रचण्ड माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सक्छ ।’ तर, त्यसको लागि छलफल भने आवश्यक रहेको उनले बताए ।



नेपाली कांग्रेससंग एक चौथाई सिट नभएको र अरुसँग मिल्नुपर्ने भएकाले कोसँग मिल्ने भन्ने विषयमा सल्लाह भइरहेको उनले बताए ।  भद्रगोल बन्दै गएको नेपालको राजनीतीलाई कांग्रेसले सम्हालेर लैजानु पर्ने बेला आएको उनले बताए । विघटनबाट बचेको देशलाई व्यवस्थाको विकृतिबाट बचाउनुपर्नेमा जोड दिए । यसका लागि कांग्रेसले आफ्नो हैसियत अनुसार जिम्मेवार भुमिका निर्वाह गर्नुपर्छ भन्दै संकटबाट देश र व्यवस्थालाई पार लगाउने जिम्मेवारी कांग्रेस बाहेक अरुसँग नभएको बताए ।

सम्बन्धित समाचार