परामर्शका लागि भन्दै प्रचण्ड–नेपाल पक्षले पेरिसडाँडामा बोलायो केन्द्रीय सदस्यलाई

आज पनि प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा भेला हुने भएका छन्।

हिजो मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल पक्षले आज फेरि उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यलाई पेरिसडाँडा बोलाएको हो।



केन्द्रीय कार्यालयका उपसचिव मोहन गौतमले ‘परामर्श’ का लागि आज दिउँसो १२ बजे काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई भेला हुन भनिएको जानकारी दिए। समसामयिक विषयमा परामर्शका लागि भनिए पनि विषय प्रस्ट भइसकेको छैन।

सम्बन्धित समाचार