नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।

प्रधानमन्त्री केपी ओलीले विहीबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। आइतबारको संसद बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वासको प्रस्तावको तयारी गरिरहेका बेला प्रधानमन्त्री ओली राजीनामाको दबाबमा छन्।
प्रधानमन्त्री ओलीले आफ्नो सम्भावित बहिर्गमनबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुरा गरेको बुझिएको छ। आफूबिरुद्ध अविश्वासको प्रस्ताव आउने भएपनि राष्ट्रपतिबिरुद्ध महाअभियोग आउने वातावरण बन्न नदिनेमा ओलीले आश्वास्थ पारेको स्रोतको दाबी छ ।

