नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय अङ्कित मूल्यका ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
यसमध्ये तीन लाख ३० हजार कित्ता कर्मचारीलाई, तीन लाख ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधरणका लागि छुट्याएको छ।
कम्पनीको जारी पुँजी २ अर्ब २० करोड रुपियाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आवमा १३५.२६ रुपियाँ र प्रतिसेयर आम्दानी १२.२० रुपियाँ रहने प्रक्षेपण गरिएको छ।