कांग्रेस संसदीय दलको बैठक बस्दै, नेकपाको कुन पक्षलाई साथ दिने भन्नेबारे परामर्श गरिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन, ल्होत्से हलमा बैठक बोलाएका हुन्।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनापछि देखिएको गतिरोध अन्त्यका लागि कांग्रेसको भूमिकाका विषयमा छलफल हुनेछ। कांग्रेसले विहीवार यही विषयमा छलफलका लागि पदाधिकारी बैठक डाकेको थियो। देउवा दिवास बुढानिलकण्ठमा बसेको बैठकले कुनै ठोस धारणा भने बनाउन सकेन। सांसदहरुको धारणा बुझेर मात्रा कांग्रेसले धारणा तय गर्ने बुझिएको छ।



प्रतिनिधि सभा पुनर्स्थापनापछि सत्ता किचलो शुरु हुने देखिएको छ। नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्ष दुबैले कांग्रेसलाई प्रधानमन्त्रीको अफर गरेका छन्। यसमा कांग्रेसले नेकपाको कुन पक्षलाई साथ दिने भन्ने कुरा अहिले चासोको विषय बनेको छ।

सम्बन्धित समाचार