तीनबुँदे सहमतिमा हस्ताक्षर गर्दै विप्लवले जनाए यस्तो प्रतिवद्धता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको सपना मर्न नदिने बताएका छन् । आत्मनिर्भर र सुन्दर नेपाल निर्माण गर्ने उनले बताए । तीनबुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको उनले बताएका छन् ।

नेपाली समाज रूपान्तरणको प्रक्रियामा अगाडि बढिरहेको उनले बताए । सहकार्य र हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनले बताए । विदेशीसामु कहिल्यै नझुक्ने उनले बताए ।



सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर समारोहमा विप्लवले कम्युनिस्ट पार्टीले मात्रै युद्धको अन्त्य गर्ने उनले बताए । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट वार्ता टोली संयोजक तथा प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले नेपालमा आजदेखि हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग शुक्रबार काठमाडौंमा तीन बुँदे सम्झौता भएपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए ।

‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन,’ उनको भनाइ थियो, ‘आजको कामको ठूलो उपलब्धी भनेको नेपालमा हिंसात्मक गतिविधि छैन, शान्ति छ भन्ने हो ।’

सम्बन्धित समाचार