कति सांसद उपस्थित भए प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा ?

नेकपा प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठकमा १११ सांसद उपस्थित भएका छन् । ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा १११ सांसद उपस्थित भएका हुन् । आफ्नो समूहमा रहेका चारजना सांसद बाहिर रहेको प्रचण्ड–माधव समूहले बताएको छ ।

बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । संसद् पुनस्थापना भएपछि सो समूहले विधिवत रूपमा दलको नेता छानेको हो ।



साथै ओली समूहका दुई सांसद प्रचण्ड–नेपाल समूहको संसदीय दल‍को बैठकमा उपस्थित भएका छन्। सांसद माया ज्ञवाली र गंगा चौधरी नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित भएका हुन्। उनीहरु यसअघि ओली समूहमा रहेका थिए।

सम्बन्धित समाचार