विप्लव नेकपाका नेताहरुसँग प्रधानमन्त्रीको ठट्टा, प्रचण्ड-नेपाललाई कटाक्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता तथा वार्ता टोली संयोजक खडकबहादुर विश्वकर्मा प्रकाण्डमाथि मजाक गरेका छन् । शुक्रबार सरकार र बिद्रोही नेकपाबीचको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले ‘प्रकाण्ड भन्छन् क्यारे’ भन्दै उनको नामको मजाक उडाएका हुन्। मञ्चमा रहेका नेताहरुलाई सम्बोधन गर्ने क्रममा प्रकाण्डको नाम लिँदै ओलीले भने, ‘वार्ता टोलीका संयोजक खड्कबहादुर विश्वकर्माजी, (प्रकाण्डतिर हेरेर हाँस्दै) प्रकाण्ड पनि हो क्यारे नाम !’

प्रधानमन्त्री ओलीले नेकपाका अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई चैं व्यङ्ग्यमिश्रित बधाई दिए । मञ्चमा रहेका नेताहरुलाई सम्बोधन गर्ने क्रममै उनले बास्तोलाको नाम लिँदै भने, ‘भर्खरै छुटेर आएकोमा बधाई छ, यति थोरै जेल बसेर छुट्न पाए पो, आफू त…’



लामो भाषण गरेका ओलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पनि कटाक्ष गरे। आफ्नो दुई तिहाइको सरकार गिराएर अरुलाई खाइदिनुपर्यो भनी प्रचण्ड र नेपालले तमाशा देखाएको उनको आरोप छ ।

दुवै नेताको नाम नलिई ओलीले भने, ‘आज कता संसदीय दलको बैठक छ रे,म दलको नेता यहाँ छु । आफ्नै सरकार गिराउन उहाँहरु मरिमेटेर लाग्नुभएको छ । आफ्नो दुई तिहाइको सरकार गिराएर आँट लिइदिनुपर्यो हजुर भन्दै हिँड्ने यो कस्तो मार्क्सवाद हो रु मैले पढेको मार्क्सवादमा त त्यस्तो छैन ।’

सम्बन्धित समाचार