नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक सकिएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।
ओली समूहले पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी हुने दाबी गरेका थिए। तर शनिबारको बैठकमा नेता गौतमका साथै उनकी श्रीमती तुलसा थापा र नेता लालबाबु पण्डित पनि उपस्थित भएनन्।
उनीहरु शुक्रबार भएको दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा पनि उपस्थित भएका थिएनन्। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बेलुका वामदेव गौतमको निवास भैंसेपाटी पुगेका थिए।

