‘नेकपा’को नाम विवादबारे सर्वोच्चको फैसला आज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादबारेको फैसला आज हुने भएको छ। गत विहीवारका लागि फैसला मिति तोकिएकोमा पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकोले उनको शोकमा सर्वोच्चसहित सबै अदालत बन्द भएपछि फैसला मिति आजका लागि सरेको हो।

फागुन ६ मा यसमाथि परेको रिटमा सुनुवाई सकिएको थियो। न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने तयारी छ।



नकेपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो। त्यसपछि ऋषि कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए। नामको विवाद टुंगो लागेपछि राजनीति पनि नयाँ शिराबाट अघि बढ्नेछ।

सम्बन्धित समाचार