नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश सदनमा प्रस्तुत भएकोमा असहमति राख्दै कांग्रेस र जसपाले बैठक अबरुद्ध गरेका थिए । १० मिनेटका लागि रोकिएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।
यसअघि सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाली कांग्रेसले संसदको रोस्टम घेराउ गरेको थियो । नेकपाको प्रचण्ड नेपाल समूह पनि अध्यादेश अघि बढाउने भएपछि संसद् बैठक बहिस्कार गरेका थिए ।

