अदालतको फैसलापछि टोपबहादुर रायमाझीले दिए यस्तो प्रतिक्रिया

ऊर्जामन्त्रीसमेत रहेका ओली पक्षमा लागेका पूर्वमाओवादी नेता तथा टोपबहादुर रायमाझीले आफू अदालतको फैसला अनुसार तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै रायमाझीले भने, ‘अदालतको फैसलाको सम्मान गर्छौं, यसलाई कसरी लिने भन्ने कुरा हुँदैन ।’ तपाईं माओवादीमै फर्किनुहुन्छ त भन्ने अर्को प्रश्नको जवाफ दिँदै रायमाझीले भने, ‘अहिले तत्काल त्यो सम्भावना छैन ।’



आइतबार अपराह्न सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाएको थियो । आधिकारिक नेकपा ऋषि कट्टेलको नेतृत्वमा रहेको दलको नाम हुने र सत्तारूढ नेकपा विभाजन पहिलाको स्थितिमा पुग्ने भन्दै अदालतले फैसला सुनाएको हो । फैसलासँगै माओवादी केन्द्र र एमाले ब्युँतिने भएका छन् ।

सम्बन्धित समाचार