‘एमाले मैले बनाएको हो, ओलीलाई कहाँ छाड्छु ?’

प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाबारे पार्टीमा छलफल गर्ने बताएका छन् । आइतबार संसद बैठक बहिस्कार गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपा एमाले आफूहरुले बनाएकाले पार्टीमा छलफल गरेर अगाडि बढ्ने बताए ।

उनले आफूले बनाएको एमाले नछोड्ने अडान लिएका छन् । उनले केपी ओलीलाई अध्यक्ष नदिने पनि बताए । ‘नेकपा एमाले बनाउँने हामी, चलाउने हामी, त्यसको अध्यक्षको जिम्मेवारी लिएको म केपी ओलीले खोसेर खोसिन्न । एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु ? अदालतको फैसलाबारे पार्टीमा छलफल गर्छौं,’ अध्यक्ष नेपालले भने ।



नेता नेपालले सरकारको आयु सकिएको बताएका छन् । उनले पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि सरकारको टिक्ने आधार नरहेको बताए । ‘संविधानको धारा ७६ (१) अनुसार सरकार नै रहेन । अब प्रधानमन्त्रीले बस्ने कुनै पनि आधार छैन्’, उनले भने ।

सम्बन्धित समाचार