गोकुल बाँस्कोटाको टिप्पणी : सूर्य पूर्वबाटै उदायो

पूर्वमन्त्री एवम् नेकपा ओली समूहका नेता गोकुल बाँस्कोटाले सूर्य पूर्वबाटै उदाएको टिप्पणी गरेका छन् । साथै उनले प्रतिनिधि सभा पुनस्थापनाको माग गर्ने र पछि संसद् चल्न नदिई बहिस्कार गर्ने भन्दै नेकपा प्रचण्ड नेपाल पक्षप्रति टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,’आफै पुनस्थापनाको माग गरे अनि बहिष्कार,त्यो पनि सदन चल्न हुँदैन भनेर । सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउदै दौड्या हुनरु अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे। अब ए-कता वा एकता जे चाहिया, सो पाइया छ। फेरि क्याउँक्याउँ ? सकिएन बा! हे, कम्फरटेवल लौन, केही नयाँ चटक गर।’



सर्वोच्च अदालतले नेकपालाई विधटन गरेपछि प्रधानमन्त्री ओली समूह सन्तुष्ट देखिएको छ भने प्रचण्ड र माधव नेपाल समूह असन्तुष्ट देखिएका छन् ।

सम्बन्धित समाचार