एमाले र माओवादीलाई निर्वाचन आयोगले लेख्यो यस्तो पत्र

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो। तर, त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने आदेश दिंदै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको थियो ।



सर्वोच्चको निर्णयसँगै निर्वाचन आयोगले एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको हो । एमाले र माओवादीबीच पछिल्लो समय दुरी बढेकोले एकताको सम्भावना भने टरेको छ ।

सम्बन्धित समाचार