देउवापछि प्रचण्डले भेटे डा. भट्टराईलाई, एमालेबाहेकका दलहरुको गठबन्धन बनाउन जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा. बाबुराम भट्टराई भेट्न टोखा पुगेका थिए । भट्टराईसँगको भेटमा प्रचण्डले एमालेबाहेकका दलहरु मिलेर सरकार गठन गर्ने प्रस्ताव राखेको बताइन्छ ।

विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो । माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।



देउवासँगको भेटमा पनि प्रचण्डले सत्तासाझेदारीको प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावलाई कांग्रेस र जसपाले सकारात्मक रुपमा लिएकोले एमालेबाहेकका दलहरुको सरकार बन्ने सम्भावना देखिएको छ ।

सम्बन्धित समाचार