नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।
नेपाल राष्ट्र बैंकले नयाँ डेपुटी गभर्नर पाएको छ । फागुन १८ गते डेपुटी पद रिक्त रहेकोमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मन्त्रिपरिषदको बैठकले मिश्र र ढुंगानालाई नियुक्त गरेको एक मन्त्रीले बताए । ढुंगाना ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक हुन् भने मिश्र विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन् ।
यससँगै ढुंगाना राष्ट्र बैंकको डेपुटी गभर्नर बन्ने पहिलो पहिला बन्न सफल भएकी छिन् । दुबै नियुक्तिमा परेकाहरु झापा निवासी हुन् ।