नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।

पुनःस्थापित प्रतिनिधि सभामा बुधवार दलका नेताहरूले सम्बोधन गर्ने तयारी गरेका छन् । दलीय आधारमा नेताहरूलाई बोल्नका लागि समय दिने तयारी रहेको संसद् सचिवालय स्रोतले बतायो ।
अधिवेशन आरम्भको अवसरमा दलीय आधारमा बोल्न दिने यसअघिको परम्परा छ । बुधवार एमालेका तर्फबाट प्रदीप ज्ञवाली बोल्ने तयारी रहेपनि अन्य दलले भने बोल्ने नेताको नाम दिएका छैनन् । सहमति जुट्न नसक्दा आइतवारको बैठकमा दलका नेताहरूलाई बोल्न दिने कार्यक्रम प्रभावित बनेको थियो ।
आइतबार सभामुखसँग समय लिएर नेकपाकै हैसियतबाट भीम रावल र कांग्रेसकी पुष्पा भुसाल बोलेका थिए । बुधबारको बैठकमा भने नेकपा एमाले र माओवादी छुट्टाछुट्टै बस्ने तयारी गरेका छन् ।
निर्वाचन आयोगबाट नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको पत्र मंगलबार आएपछि आजदेखि माओवादी सत्तापक्षमै तर एमालेसँग अलग्गिएर बस्न लागेको हो ।

