नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।

नेकपाको एकता भंग भएपछि माओवादी केन्द्रले तत्कालै सरकारबाट समर्थन फिर्ता नलिने संकेत गरेको छ। सरकारलाई दिएको समर्थन फिर्ता नलिंदा कर्त माओवादी पनि एमालेसँगै सरकारमा जान चाहेको हो कि भन्ने आशंका उब्जिएको छ । यता नयाँ सरकार गठनको विषयमा माओवादीले कांग्रेस र जसपासँग भेटवार्ता गरिरहेकोले एमालेविरुद्ध बहुमत जुटाउन नसकेमा सरकारलाई दिएको समर्थनलाई कायमै राख्दै सरकारमा जानसक्ने देखिन्छ ।
यही बीचमा अध्यक्ष पुष्पकमल दाहालले आज बसेको स्थायी कमिटी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भएको कुराकानीको विषयमा जानकारी गराएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन र सर्वोच्चको निर्णयपछि बाध्य भएर राजीनामा दिनुपर्ने बताए। ‘प्रतिनिधि सभा विघटन गरेपछि हामीले विरोध गरेपछि सर्वोच्चले संसद् पुनःस्थापना गरेको छ। हामीले अब संसद् २ वर्ष चल्नुपर्छ भन्ने हाम्रो लक्ष्य हो। त्यसलै हामीले सरकार गठनको बारेमा सबैसँग छलफल खुला गरेका हौँ’ उनले भने।
‘सरकारको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय भएको छैन। नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। तर, उहाँको राजीनामा नआएपछि अरू दलसँग कुरा गरिरहेका छौँ’ उनले भने। ओली समूहमा रहेको माओवादी नेताहरुले आफ्नो दृष्टिकोण सार्वजनिक नगरेसम्म पार्टीले कुनै निर्णय नगर्ने बताए।
बैठकले केन्द्रीय कमिटी र कार्यकर्ता भेलाको मापदण्डको विषय र अबको संगठन निर्माणको ठोस प्रतिवेदन बुझाउनका लागि कार्यदल गठन गरेको छ। ४ सदस्यीय कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन्।

