माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता, सत्ता साझेदारीबारे छलफल

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए ।

सो भेटमा सरकार गठनका विषयमा छलफल भएको स्रोतले बतायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।



एमाले र माओवादी दुबै दलसँग वार्ता गरिरहेको जसपाले कुन दलसँग सरकारमा जाने निर्णय गर्छ भन्ने चासोको विषय बनेको छ ।

सम्बन्धित समाचार