यी हुन् बादल समूहबाट एमालेका केन्द्रीय सदस्यमा मनोनित २२ नेताहरु

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति पनि तय गरेका छन्।



२०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको स्रोतले जानकारी दियो। माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी छ।

हेर्नुहोस् बादल पक्षका केन्द्रीय सदस्यको सूची :

१० रामबहादुर थापा
२० टोपबहादुर रायमाझी
३० लेखराज भट्ट
४० मणिचन्द थापा
५० प्रभु साह
६० टंक आङबुहाङ
७० पासाङ शेर्पा
८० ज्वाला साह
९० टेकबहादुर बलामी
१०० कमल जंग
११० मनोज थापा
१२० विषमलाल अधिकारी
१३० लिलाबहादुर थापा
१४० दधिराम न्यौपाने
१५० दिनेश पन्थी
१६० नवीन रोका
१७० धर्मराज रेग्मी
१८० डम्बर विष्ट
१९० गौरीशंकर थारु
२०० झपट बोहरा
२१० दावा लामा
२२० चन्द्रबहादुर खड्का

सम्बन्धित समाचार