नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आफूलाई जानकारी नै नदिई महाधिवेशनको मिति तोकेपछि नेता माधवकुमार नेपाल पक्षले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको छ।
नेपाल पक्षका एक नेताले दिएको जानकारीअनुसार केहीबेरमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक बस्न लागेको छ। बैठकले ओलीले चालेको कदमपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्नेछ।
यसअघि अध्यक्ष ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर महत्वपूर्ण निर्णयहरू गरेका थिए। ओलीले महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा महाधिवेशनको मिति घोषणा गरेका थिए ।

