जसपा नेताहरू माओवादी कार्यालय पेरिसडाँडामा, सत्ता समीकरणको प्रयास जारी

जनता समाजवादी पार्टी (जसपा)का नेताहरू नयाँ सरकार बनाउन छलफल गर्ने भन्दै नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय, पेरिसडाँडा पुगेका छन्‌।​​ सो पार्टीका संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरू महन्थ ठाकुर, अशोक राई, उपेन्द्र यादव, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन्‌।

उनीहरूले माओवादी अध्यक्ष प्रचण्डलगायत नेताहरूसँग सम्भावित सत्ता समीकरणबारे छलफल गर्न लागेको थाहा भएको छ। वाम गठबन्धन हुँदै एकीकृत भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत हैसियतमै फर्किएपछि जसपा सत्तासीन एमाले र माओवादी केन्द्रको तानातानमा परिरहेको छ।



यसबीच जसपाका नेताहरूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र सो पार्टीका अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी ओली तथा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग सत्ता समीकरणका लागि प्रयास गरिरहेका छन् ।

सम्बन्धित समाचार