हामी प्रतिपक्षमा बस्न पनि तयार छौंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले एमाले प्रतिपक्षमा बस्न पनि तयार रहेको बताएका छन् । आफूलाई पदबाट हटाए पनि २० महिनापछि दुईतिहाइ बहुमतसहित सिंहदरबार प्रवेश गर्ने उनले दाबी गरे । अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै ओलीले आफू प्रतिपक्षमा बस्न पनि तयार रहेको बताएका छन् ।

‘हटाउन सक्ने भए हटाएर देखाउन्, २० महिनापछि फेरि सूर्य चिह्न भएको एमाले दुईतिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’ उनले भने ‘सरकारमा भए देश बनाऔँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौँ ।’



उनले देशको विकास र जनताको समस्या समाधानका लागि आफूले राजनीति गरेको बताए । उनले भने ‘हामी राजनीतिक प्राणी हौँ, हाम्रो गन्तव्य सत्ता, सत्ता, सत्ता होइन, हाम्रो गन्तव्य देशको विकास, जनताको समस्या समाधान गर्दै अगाडि बढ्ने हो ।’

ओलीले झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई आगामी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सार्वजनिक आह्वानसमेत गरे । बैठकमा सहभागी नभए विधानअनुसार अघि बढ्ने चेतावनी पनि उनले दिए ।

सम्बन्धित समाचार