विप्लव नेकपा र माओवादी केन्द्रबीच तीन बुँदे सहमति

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा ९माओवादी केन्द्र० बीच तीन बुँदे सहमति भएको छ ।

फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको छ । सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख छ ।



सम्बन्धित समाचार