आज देशका यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

आज तीनवटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्। बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाद्धारा जारी विज्ञप्तिमा भनिएको छ – साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।



महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ। आज दिउँसो पनि बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यसबाहेकका पहाडी स्थानमा आंशिकदेखि सामान्यसम्म बदली र देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार