माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै, एमालेमा गएका नेतालाई कारवाही गर्ने तयारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । आजको बैठकले पार्टीको नाम र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न लागेको जनाएको छ ।

सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले व्यतिएपछि नेकपा एमालेमै रहेकाहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा बादल सहित ६ जनालाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिइसकेको छ ।



नेकपा एमालले शुक्रबार मात्रै सरकारमा रहेका ६ जनासहित २३ जना माओवादी नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । उनीहरु नेकपा माओवादी केन्द्रमा नफर्कने भएसँगै सबैलाई कारबाही गर्ने विषयमा आजको बैठकले निर्णय गर्ने बताइएको छ ।

सम्बन्धित समाचार