धुम्बाराहीमा बैठकमा नेपाल पक्षलाई पुरानै हैसियतको मर्यादाक्रम

सत्तासीन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक चलिरहेको छ । एमाले मुख्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल उस्तै कुर्सी, टेबल र उही लाइनमा बसेका छन् ।

त्यतिमात्रै होइन, आजको बैठकमा वरिष्ठ नेता नेपालसहित सबै नेताहरूलाई पार्टीको पुरानै मर्यादाक्रम अनुसार कुर्सीको व्यवस्थापन गरिएको छ ।



प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेललाई एउटै लहरमा उस्तै कुर्सीमा राखिएको छ । तत्कालीन नेकपाभित्र नेताहरूको कुर्सी व्यवस्थापनको विषयलाई लिएर पटक–पटक विवाद हुने गरेको थियो ।

सम्बन्धित समाचार